पेरिसqh Jj నis MmEe
पेरिस फ्रान्सको राजधानी र सबैभन्दा ठूलो सहर पनि हो। यसको क्षेत्रफल १०५ वर्ग किमि छ र करिब २० लाख मानिसहरू त्यहाँ बसोबास गर्दछन्। नगर छेउछाउका समेत गणना गर्दा पेरिसको जनसङ्ख्या करिब १ करोड छ।
सेन नदी पेरिसका पुराना भागहरूबाट बग्दछ र यसलाई दुई भागमा बाँड्दछ, जसलाई बायाँ किनारा र दायाँ किनारा नामले चिनिन्छ। यसका वरिपरी थुप्रै जङ्गलहरू छन्।
पेरिस फ्रान्सिसी अर्थतन्त्र, राजनीति, यातायात र संस्कृतिको केन्द्र पनि हो। पेरिसमा थुप्रै कला, सङ्ग्राहलय र ऐतिहासिक भवनहरू छन्। यातायातको केन्द्र भएकोले, पेरिसमा धेरै राम्रा जमीनमुनि चल्ने रेल्वे प्रणाली, बिमानस्थल र स्टेसनहरू छन्। मेट्रोको निर्माण सन् १९००मा गरिएको थियो, र यसको लम्बाई २०० किलोमिटरभन्दा बढि छ।
सहरको शैली बहु-सांस्कृतिक छ, किन भनें यहाँका २० प्रतिशत भन्दा धेरै मानिसहरू फ्रान्स बाहिरका छन्। यहा धेरै प्रकारका रेस्टुराँहरू छन् जहाँ सबै किसिमका खानाहरू पाइन्छन्।
पेरिसका सबैभन्दा प्रशिद्ध स्मारकहरू हुन् आइफिल टावर।पेरिस, आर्क दे त्रेअंफ (त्रेअंफको गुम्बज), र लुभ संग्रालय।

Vue depuis Montmartre

Arc de Triomphe

Louvre

Notre Dame

Sainte-Chapelle

Musee d'Orsay

Musee de l'Armee

Val-de-Grace
स्रोत[सम्पादन गर्ने]
| विकिमिडिया कमन्समा Paris सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |